मस्कको स्टारलिंक ल्याउन भारतको जियो र एअरटेलबीच सम्झौता
फागुन २८, २०८१ बुधबार
रसुवा - रसुवामा पहिरोले तीन घरमा क्षति पुर्याएकाे छ । पहिराेकाे कारण २५ परिवार विस्थापित भएका छन् ।
सोमबार गएको पहिरोले रसुवाको आमाछोदिङ्मो गाउँपालिका-१, फूलबारीका सुकबहादुर तामाङ, तारा लामा र लोप्साङ लामाको घर भत्काएको हो ।
पहिरोले तीनवटा घरमा पूर्ण क्षति पुर्याएको पीडित सुकबहादुर तामाङले बताउनुभयो । उहाँकाअनुसार तीनै परिवार सदरमुकाममा आएर बसेका कारण मानवीय क्षति भएको छैन ।
पहिरोको जोखिम बढ्दै गएपछि त्यहाँका तीन परिवार धुन्चेमा आएर कोठा भाडामा लिएर बसिरहेका थिए । पहिरोले घर पूर्ण क्षति गरेपछि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा पनि क्षति गरेको उहाँको भनाइ छ ।
पहिरोका कारण फूलबारीका २५ परिवार विस्थापित भएको उहाँको भनाइ छ । पहिरोका कारण विस्थापित भएका २५ परिवारलाई हाकुबेसीमा सारिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।