प्रतिकूल मौसमका कारण विद्यालय शिक्षामा उच्च असर, २४ करोड २० ल...
माघ १२, २०८१ शनिबार
महोत्तरी – महाेत्तरीमा एक सुत्केरीकाे ज्यान गएकाे छ । 'ओ' पोजिटिभ रगत चढाउनुपर्ने ठाँउमा 'बी' पोजिटिभ समूहकाे रगत चढाएपछि सुत्केरीको अस्पतालमा ज्यान गएको छ ।
सुत्केरी व्यथा लागेपछि बीहीबार जनकपुरकाे रामजानकी अस्पताल भर्ना भएकी महोत्तरी गौशाला ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएकाे हो । अस्पताल र रेडक्रस सोसाइटीको गम्भीर लापर्वाहीले गंगादेवीको ज्यान गएकाे परिवारजनले जनाएको छ ।
शल्यक्रियामार्फत छोरी जन्माएकी गंगादेवीको शरीरमा रगत अभाव हुँदा अस्पतालले महिलाको रगत नमुना लिएर परिवारजनलाई अस्पतालले रेडक्रस पठाएकाे थियाे । बी पोजिटिभ रगत चढिसकेको कारण त्यसले प्रतिक्रिया गरेको र सुत्केरीको अवस्था गम्भीर भएर राति ८ बजे ज्यान गएकाे मृतकका पति राजकिशोर महतोले बताउनुभयाे ।
रेडक्रसले दिएको दुई पोका रगत चढाएपछि मात्रै एक पोका बी पोजेटिभ भएको खुलासा भएको थियो । रेडक्रस र अस्पतालको चरम लापर्वाहीले श्रीमतीको मृत्यु भएको महताेले दुखेसो पोख्नुभएकाे छ । मृतकका परिवारजनले घटना मिलाउन प्रहरी प्रशासन र अस्पतालबाट दबाब आइरहेको जानकारी दिएका छन् ।
अस्पतालका सञ्चालक गणेश साहले अस्पतालको नभइ रेडक्रसको लापर्वाहीले सुत्केरीको मृत्यु भएको बताउनुभयाे । यसअघि पनि रामजानकी हस्पिटल प्रालीमा पटक–पटक अस्पतालको लापर्वाहीले धेरैकाे ज्यान गइसकेकाे छ ।
प्रहरीले याे घटनामा रामजानकी अस्पतालका दुई चिकित्सकलाई पक्राउ गरेको छ । दुई जना चिकित्सकलाई पक्राउ गरी अनुसन्धान भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।