सुशील भट्टलाई सीईओको रुपमा काम नगर्न उच्च अदालतको आदेश

 साउन २७, २०७७ मंगलबार १६:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गर्न रोक लगाएको छ ।

न्यायाधीश नकुल सुवेदीको इजलासले भट्टलाई लगानी बोर्डको सीईओकाे रुपमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन आदेश दिएको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो । अदालतले ३२ गतेसम्मको लागि यो आदेश दिएको हो ।

नियुक्तिको कारणबारे बुझ्न अदालतले ३२ गते सरकारी प्रतिनिधिलाई बोलाएको छ । त्यसपछि यो रिटको अन्तिम निर्णय हुनेछ । लगानी बोर्डको सीईओमा नियुक्तिको लागि योग्यता नपुगेको भन्दै अधिवक्ता जयबहादुर भुजेलले पाटन उच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।

साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका सुशील भट्टलाई लगानी बोर्डको सीइओ नियुक्त गरेको थियो । कैयौँ आयोजना अलपत्र पारेको र कालोसूचीमा परेका ठेक्कामा भट्टको संलग्नता रहेको भन्दै चौतर्फी आलोचना भएको थियो ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया