उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको हो । बैंक तथा वित्तीय संस्थाले असोज १४ गतेसम्म राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् ।
पुनर्कर्जा कोषमार्फत बैंक तथा वित्तीय संस्थाले कोरोना प्रभावित ऋणीसँग तीनदेखि पाँच प्रतिशतसम्म मात्रै ब्याजदर असुल्न पाउनेछन् ।
लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा राष्ट्र बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई कर्जा दिन्छ, बैंक तथा वित्तीय संस्थाले ऋणीबाट बढीमा पाँच प्रतिशत मात्रै ब्याज लिन पाउँछन् ।
विशेष पुनर्कर्जामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक प्रतिशतमा कर्जा दिन्छ, बैंक तथा वित्तीय संस्थाले ऋणीबाट बढीमा तीन प्रतिशत मात्रै ब्याज लिन पाउँछन् ।
साधारण पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट तीन प्रतिशतमा कर्जा लिएर ऋणीसँग बढीमा पाँच प्रतिशत ब्याज लिन पाउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।