काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
लमजुङ – लमजुङको राइनास नगरपालिकामा भदौ १० गते बुधबारसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
छिमेकी पालिकाहरुमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले सोमबार राति १२ बजेदेखि आउँदो भदौ १० गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले जानकारी दिनुभयो ।
यस अवधिमा नगरक्षेत्र भित्र बाहिरी जिल्ला एवं पालिकाबाट मानिसहरुको आवत जावत तथा एम्बुलेन्स बाहेकका सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ ।
दैनिक उपभोग्य अत्यावश्यक खाद्य सामग्रीहरुको आपूर्तिका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म खुला गरिएको र नगर क्षेत्र अन्तर्गत सञ्चालित सबै बैंकिङ तथा वित्तीय संस्था, सरकारी/गैरसरकारी सङ्घ संस्था बन्द रहने र भदौ १० गते राति १२ बजेसम्म कुनै पनि भेला, जमघट, मेला सबै पूर्णरुपमा बन्द गरिएको पनि उहाँले बताउनुभयो ।
उहाँका अनुसार नगरपालिका अन्तर्गतका निर्माणाधीन प्रशासकीय भवन, मध्यपहाडी लोकमार्ग निर्माण, धमिलिकुवा–टिमुरे सडक निर्माण, प्रहरी भौकी भवन निर्माण कार्य, दैनिक अत्यावश्यक औषधि खाद्यान्न सामग्री ढुवानी, स्वास्थ्य संस्थाहरु भने यथावत् सञ्चालन गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।