अबको २४ घण्टामा देशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 भदौ १५, २०७७ सोमबार ७:४७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अबको २४ घण्टाभित्र देशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रदेश १ र प्रदेश २ मा भने रातिदेखि नै पानी परिरहेको छ । यो क्रम केही समय अझै जारी रहने छ । यस्तै पश्चिमका केही ठाउँमा पनि आंशिक बदली भएको र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । 

यसैबीच, काठमाण्डौ र आसपास क्षेत्रको मौसम अहिले सामान्य बदली भएको छ । यस आसपास क्षेत्रमा बेलुकीपख सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । भारतको मध्यप्रदेश तथा आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली रहेको र त्यसै प्रणाली विस्तारै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया