रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ ।
उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित देशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताउनुभएको हो । गैरआवासीय नेपाली सङ्घ,अमेरिका क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गैरआवासीय नेपालीको सम्पत्ति र राजनीतिक अधिकार’ विषयक अन्तर्क्रियामा मन्त्री भुसालले आउँदो चुनावअघि नै देशबाहिर रहेका नेपालीलाई मताधिकारको सुनिश्चितता गरिने बताउनुभयो ।
उहाँले राजनीतिक अधिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था संविधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धिलाई आत्मसाथ गर्दै यसलाई संस्थागत गर्ने दिशामा अघि बढ्न गैरआवासीय नेपालीसमक्ष आग्रह गर्नुभयो ।
राजनीतिक अधिकार भन्नाले के-के पर्ने भन्ने सन्दर्भमा स्पष्ट हुन नसकेका विषयमा नागरिकतासम्बन्धी ऐन कानुन निर्माणको चरणमा थप छलफल गरेर जान सकिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले सरकार वा दलहरुले केही अप्ठ्यारा व्यवस्था गर्न चाहन्छन् कि भनेर शङ्का नगर्न गैर-आवासीय नेपालीलाई आग्रह गर्नुभयो ।
'अहिले सबै राजनीतिक दलको बुझाइमा एकरुपता छ । केही विषय छन् भने पनि सहमति हुन्छ, हामी सबै एकै ठाउँमा छौँ', उहाँले भन्नुभयो, 'धेरै विषय सम्बोधन भएको अवस्था छ । धेरै समस्या समाधान भएको छ । कतिपय विषयमा प्रष्ट हुन बाँकी होला, ती विषयमा पनि आउँदाे दिनमा छलफल गरी अघि बढ्दै जान सकिन्छ ।'
यस अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले गैरआवासीय नेपालीलाई अधिकार दिने सन्दर्भमा कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो । उहाँले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिँदा पनि केही फरक नपर्नेमा जोड दिँदै गैरआवासीय नेपालीका आउँदाे पुस्तालाई नेपालसँग जोड्न नागरिकताको सन्दर्भमा लगाइएको कतिपय व्यवस्थालाई हटाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले हरेक नेपालीले मतदान गर्न पाउनुपर्ने अधिकार सुनिश्चित हुुनुपर्ने बताउँदै देशबाहिर रहने नेपालीले नेपाल सरकारको कूटनीतिक नियोग रहेका देशमा त्यहीँ नियोगबाट वा नभएको अवस्थामा गैरआवासीय नेपाली सङ्घसँगको समन्वयमा मतदान केन्द्र बनाएर भए पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Narayan lamsal
Sept. 6, 2020, 10:58 a.m.बिदेश बाट मतदान गर्न मिल्ने बनाएको त धेेरै राम्रो हो । तर जनताले हराएको मान्छे पनि राज्य सत्ता मा सामेल हुन पाउँछ भने जनताको मतको के अर्थ रह्यो र ???