उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ ।
ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य दुई हजार एक सय रुपैयाँ तोकिएको हो।
संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अनुरोध गरेको छ । संघले आफ्नो कम्पनीबाहेक अरुको खाली सिलिण्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारबाही गर्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।