युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - कोरोना भाइरसका कारण भारतमा बाल-विवाह र बेचबिखनका घटना बढेका छन् ।
कोरोना भाइरसको महामारीपछि भएको लकडाउन लगायतका कारण बढेको बेरोजगारीका कारण बालविवाह र बेचबिखनका घटना बढेका पाइएको बीबीसीले जनाएको छ ।
कोरोनाको महामारीपछि बेरोजगारी बढेको, विद्यालय बन्द भएका जस्ता कारणले भारतमा बालिकाहरु जोखिममा परेका छन् ।
घरको आर्थिक स्थिति कमजोर भएका कारण बालिकाहरुको सानै उमेरमा नै विवाह गरिदिने घटना बढेका छ्न् ।
भारतको कानुनले १८ वर्षमुनिका बालिकाको विवाहमा रोक लगाएको छ । संयुक्त राष्ट्र सङ्घीय बालकोष यूनिसेफका अनुसार भारतमा हरेक वर्ष १५ लाख बालिकाको कम उमेरमा नै विवाह हुने गरेको छ ।
सरकारी तथ्याङ्कअनुसार कोरोनापछिको लकडाउनका कारण रोजगारी गुमाएपछि एक करोड मानिस घर गाउँ फर्किएका छन् । घर/गाउँ फर्किएका केही अभिभावकले छोरीको सानै उमेरमा विवाह गरिदिने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।