अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषदको हिजोको बैठकले पोहोरको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँ बढाएर नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।
यसअनुसार अब किसानले उखुमिल अर्थात उद्योगीबाट प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ पाउने छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम बढाउनुपर्ने प्रस्ताव गरे पनि यसबारे निर्णय हुन बाँकी छ ।
देशको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदानबापत दिने रकम पछि निर्धारण गर्ने सरकारले जनाएको छ । सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।