भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त (रिसिन नामक खतरनाक केमिकल) पत्र पठाएको आशङ्कामा एक महिलालाई पक्राउ गरिएको त्यहाँको अनुसन्धान एजेन्सीले जनाएको छ । विषाक्त पत्र पठाएको आशङ्का गरिएकी महिला क्यानडाबाट अमेरिका प्रवेश गर्न खोजेको अधिकारीहरुले बताएका छन् ।
तर ती महिला को हुन् भन्नेबारेमा अन्य जानकारी दिइएको छैनन् । ती सबै पत्र राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको टेक्सासमा गरिएको अनुसन्धानको क्रममा खुलेको छ ।
अमेरिकी कानुन प्रवर्तन अधिकारीका अनुसार ती महिलाले बन्दुक बन्दुक बोकेकी थिइन् र उनलाई अमेरिकी अधिकारीहरुले पक्राउ गरेका हुन् ।
अमेरिकी अभियोजनकर्ताहरुले ती महिलामाथि आरोप लगाउने आशा गरिएको छ ।
कानुन प्रवर्तन अधिकारीहरुका अनुसार गएको हप्ता ट्रम्पलाई पठाइएको रिसिनसहितको प्याकेजलाई रोक लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले यसअघि भनेको थियो । त्यो पत्र क्यानडाबाट आएको सम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।
अमेरिकी अधिकारीहरुले यो घटनामा पोस्टल सिस्टमको प्रयोग गरिएको बताएका छन् ।
वाशिङ्टनको ज्वाइन्ट टेररिज्म टास्क फोर्सलाई यो घटनाको अनुसन्धानको अधिकार दिइएको छ । यसमा न्युयोर्क प्रहरीको विशेष युनिटले यो अनुसन्धान एजेन्सीलाई मद्दत गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।