भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – भारतको अयोध्यामा २८ वर्षअघि बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तले सफाइ पाएका छन् ।
बुधबार लखनउमा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतका न्यायाधीश एसके यादवले दुई हजार पानाको फैसला सुनाउँदै राम मन्दिर आन्दोलनका प्रमुख तथा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण अडवाणी, मुरली मनोहर जोशी र उमा भारतीसहित ३२ अभियुक्तलाई सफाइ दिइएको हो ।
यो घटनामा ४८ जनामाथि आरोप लागेको थियो, जसमध्ये १६ जनाको ज्यान गइसकेको छ । फैसला सुनाउने न्यायाधीश आज नै पदमुक्त हुँदैछन् ।
सीबीआईको विशेष अदालतले यो मामिलामा कुनै प्रकारको षड्यन्त्र गरिएको भन्ने प्रमाण नभेटिएको जनाएको छ ।
यो फैसलापछि बाबरी एकशन कमिटीका संयोजक तथा अल इण्डिया मुस्लिम पर्सनल ल बोर्डका सदस्य जफरयाब जिलानीले आफूहरु असन्तुष्ट रहेको र उच्च अदालत जाने बताउनुभएको छ । यो मामिलामा सीबीआईसँग फेरि जाँच गर्नको लागि अपिल गरिने उहाँले भन्नुभयो ।
सन् १९९२ डिसेम्बर ६ मा भाजपानिकट हिन्दू कट्टरवादी कार सेवकहरुले बाबरी मस्जिदकाे बाहिरी संरचना भत्काइदिएका थिए । उनीहरुले त्यहँ रामकाे जन्मभूमि भएकाे भन्दै मस्जिदकाे बाहिरी संरचना भत्काइदिएका थिए । त्याे घटनाकाे १० दिनपछि केन्द्र सरकारले लिब्रहान आयाेग गठन गरेकाे थियाे, जसलाई प्रतिवेदन बुझाउन तीन महिनाकाे समय दिइएकाे थियाे तर आयाेगकाे जाँच पूरा हुन १७ वर्ष लाग्याे ।
सन् १९९२ मा हिन्दूहरूको भिडले त्याे मस्जिद भत्काइदिएको थियो । त्यसपछि भएको साम्प्रदायिक हिंसामा भारतभर कम्तीमा दुई हजार मानिसको ज्यान गएको थियो । गएकाे वर्षको सर्वोच्चको फैसलापछि भारतले त्यहाँ भव्य राम मन्दिर निर्माणको नक्सा बनाउन थालिएको थियो । गएकाे अगस्ट ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा हिन्दू मन्दिर निर्माणका लागि भूमि पूजाका साथै शिलान्यास गर्नुभएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।