साढे ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

 साउन २५, २०७५ शुक्रबार १७:३४:४४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरमा बालकलाई अप्राकृतिक मैथुन गर्ने एकजना ६६ वर्षीय वृद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 

बेदकोट नगरपालिका–७ गाउजीका साढे पाँच वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले बिहीबार राति भीमदत्त नगरपालिका ३ तिलकपुरका गोपाल धामीलाई पक्राउ गरेको हो । 

धामीले बालकलाई आफूसँग सताएर अप्राकृतिक मैथुन गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक ज्ञान बहादुर सेटीले बताउनुभयो । 

झारफुकको काम गर्दै आएका धामीले बिहिबार दिउँसो बालकको घरमा गएर झारफुक गरेका थिए । 

उनले राति सुत्ने बेला परिवारसँग बालकलाई आफूसँगै सुताउन आग्रह गर्दै मुखमैथुन गरेका हुन् । 

‘धामी बिहीबार बालकको घरमा झारफुक गर्न गरएका रहेछन् । उनले राती सुत्ने बेला बालकलाई आफुसँग सुताउन आग्रह गरेपछि परिवारले पनि उनैसँग सुताएछन्’, प्रहरी नायब उपरीक्षक सेटीले भन्नुभयो ‘उनले परिवारका सदस्य सुतेको मौका पारी बालकलाई मुखमैथुन गरेपछि बालकले उल्टी गर्दा परिवारले थाहा पाएछन् ।’

परिवारले बालकलाई मुखमैथुन गरेको थाहा पाएपछि राति नै प्रहरीलाई खबर गरेका थिए । धामीलाई सिसैयामा रहेको प्रहरीले बिहीबार राति नै पक्राउ गरेको थियो ।

उनीमाथि अप्राकृतिक मैथुन ऐन अन्र्तगत मुद्दा दायर भएको प्र्रहरी नायब निरीक्षक सेटीले बताउनुभयो ।

कञ्चनपुरमा साउन १ गतेदेखि २५ गतेसम्म ७ जनामाथि बलात्कार भएको छ ।

यसअघि ५ जना बालिकाको बलात्कारमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइए पनि भीमदत्त नगरपालिका २ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीको भने हालसम्म पत्ता लाग्न सकेको छैन ।

उनको साउन १० गते बलात्कार गरी हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । 
 

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया