च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं, जेठ १५ – सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलको बाँकी कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय रोक्न माग गरिएको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेलको बाँकी कैद मिनाहा गर्ने सरकारको निर्णय रोक्न माग गर्दै दायर गर्नु भएको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीशद्धय मिरा खड्का र टंकबहादुर मोक्तानको मंगलबारको संयुक्त इजलासले उनी रिहा भइसकेको उल्लेख गर्दै अन्तरिम आदेश दिइरहन नपर्ने आदेश दिएको हो ।
ढुंगेललाई आममाफी दिने निर्णय सरकारको निर्णय कार्यान्वयनमा आइसकेकाले त्यसलाई रोक्न अन्तरिम आदेश दिन पर्ने अवस्था नदेखिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।
सर्वोच्चले ढुंगेलको रिहाई कानुन विपरीत छ, छैन भन्ने मुद्दाको अन्तिम निर्णय विचार हुने पनि स्पष्ट पारेको छ । यता, अधिवक्ता त्रिपाठीले भने सरकारले हत्या अभियोग पुष्टि भएका ढुंगेललाई रिहा गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले सरकारले आपत्तिजनक निर्णय लिएकाले आफूले त्यसलाई रोक्न सर्वाेच्चमा अन्तरिम आदेशका लागि रिट दायर गर्नु परेको पनि स्पष्ट पार्नुभयो ।
अधिवक्ता त्रिपाठीले संविधानले कैदीहरुको कैद मिनाहा गर्न आवश्यक कानुनी व्यवस्था गर्न पनि निर्देश गरेको दावी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।