अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अमेरिकी विदेशमन्त्री माइक पाेम्पियोले चीनबारेमा दिनुभएको अभिव्यक्तिप्रति चीनले आलोचना गरेको छ । भारत भ्रमणको क्रममा भारतका विदेशमन्त्री एस जयशङ्कर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पाेम्पियोले चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको बताउनुभएको थियो ।
अमेरिकी विदेशमन्त्री पाेम्पियोको भनाइ सार्वजनिक भएपछि भारतमा रहेको चिनियाँ दूतावासले विज्ञप्ति निकालेर भारत र चीनबीचको सीमासम्बन्धी विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । अमेरिकी अधिकारीहरुले बारम्बार चीनविरुद्ध आरोप लगाइरहेको भन्दै दूतावासले यो कुटनीतिको आधारभूत सिद्धान्तको विपरीत भएको बताएको छ ।
विज्ञप्तिमा भारत र चीनबीचको सीमा विवाद दुई पक्षीय भएको र यसलाई समाधान गर्न वार्ताहरु भइरहेको भन्दै विवाद समाधान गर्न भारत र चीन सक्षम रहेको उल्लेख छ ।
चीनसँग चर्को सीमा तनावका बीच भारत र अमेरिकाले भू–उपग्रहमार्फत् प्राप्त हुने संवेदनशील तथ्याङ्क एक अर्कासँग बाँड्ने सैन्य सम्झौता गरेका छन् । त्यस्तो तथ्याङ्कको सहयोग क्षेप्यास्त्र, ड्रोन तथा अन्य निसानाहरूमा ठिक निसाना लगाउन महत्त्वपूर्ण हुने बताइएको छ ।
दुई देशबीच सीमा तनाव रहिरहेको बेला सैन्य सम्झौता हुनुको साथै अमेरिकाले चीनबारे प्रतिक्रियासमेत दिएपछि चीनले कडा शब्दमा आलोचना गरेको हो । भारत र अमेरिकाले मङ्गलबार सम्झाैता गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।