इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआईका कार्यकर्ताको विशाल ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा गरिएको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोले कम्तीमा नोभेम्बर महिनाभरि राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रको नाममा सम्बोधन गर्दै भोलिदेखि सुरु हुने लकडाउनको नयाँ प्रतिबन्धको बारेमा जानकारी दिनुभयो । नयाँ प्रतिबन्ध अनुसार अब अति-आवश्यक कामको लागि वा स्वास्थ्यमा समस्या आए मात्रै घरबाट निस्कन पाउने अनुमति छ ।
रेष्टुरेन्ट र बारलगायत अति-आवश्यक नभएका व्यवसाय बन्द हुने तर विद्यालय र कलकारखाना भने खुला रहनेछन् । आउँदो डिसेम्बर १ तारिखसम्म प्रतिबन्ध लागू हुने र दुई हप्तापछि यसको मुल्याङ्कन गरिने राष्ट्रपति म्याक्रोले बताउनुभयो ।
फ्रान्समा गएको २४ घण्टामा ३६ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै फ्रान्समा सङ्क्रमितको संख्या १२ लाख ३५ हजार नाघेको छ । यस्तै ३५ हजार ७ सय ८५ जनाको भने ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।