अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अमेरिकाको राष्ट्रपतीय चुनाव निकै महँगो पर्दै गएको छ । सन् २०१६ को चुनावमा झण्डै साढे छ अर्ब डलर खर्च भएकोमा यो वर्ष त्यो खर्च अझै बढ्ने बीबीसीले जनाएको छ ।
अमेरिकामा चुनाव हुनुभन्दा दुई वर्षअघि नै चुनावी अभियान सुरु हुन्छ । यस्ता अभियानहरु निकै महँगा हुने गरेका खबरमा उल्लेख छ । विगतका पाँचवटा चुनावमा उम्मेदवारहरुले औषतमा दुई अर्ब डलरभन्दा धेरै खर्च गरेका थिए ।
उम्मेदवारले गर्ने खर्चको आधाभन्दा धेरै सञ्चार माध्ययममार्फत प्रचारप्रसारमा खर्च हुने गरेको बीबीसीले जनाएको छ । यस्तै कर्मचारी खर्च पनि महँगो हुन्छ । सन् २०१६ मा हिलारी क्लिन्टनले कर्मचारीलाई झण्डै साढे आठ करोड डलर दिनुभएको थियो । २०१६ को चुनावमा देश दौडाहमा क्लिन्टन र डोनाल्ड ट्रम्प दुवैले साढे ४ करोड डलरभन्दला धेरै खर्च गरेका थिए ।
यस वर्ष कोरोना महामारीका कारण देश दौडाहा कम भएपनि विज्ञापन लगायत अरु स्वरुपमा खर्च थपिएको बीबीसीले जनाएको छ । यसरी खर्च भएको मध्ये एक तिहाइ रकम चन्दाबाट उठ्ने गरेको छ । चुनावमा अमेरिकी नागरिकले मात्र चन्दा दिन पाउँछन् भने एक जनाले एउटा उम्मेदवारलाई बढीमा दुई हजार आठ सय डलर मात्र चन्दा दिन पाउँछन् । तर राजनीतिक दलको कोषमा त्यो भन्दा धेरै चन्दा दिन पाइन्छ ।
उम्मेदवारले गर्ने खर्चमा कुनै सीमा नभएकोले विश्वकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपतिको चुनावमा गरिने खर्च बढीरहेको खबरमा उल्लेख छ । नोभेम्बर २ मा हुन गइरहेको अमेरिकी राष्ट्रपति चुनावमा वर्तमान् राष्ट्रपति ट्रम्प र अर्का उम्मेदवार जो वाइडेन प्रतिस्पर्धामा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।