पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
रसुवा - लाङटाङ पदमार्गमा सञ्चालनमा रहेका होटल आजदेखि बन्द भएका छन्।
कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ को होटल व्यवसाय समितिको आग्रहमा होटल बन्द गरिएको हो । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएकाले केही महिनासम्म होटल, लज तथा चिया पसल बन्द गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पदमार्गको रिम्छे, लामा होटल, रिभर साइड, घोडा तबेला, गुम्बा डाँडा, लाङटाङ, मुण्डुप, क्यान्जिनलगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल बन्द भएका हुन् । क्यान्जिनका पर्यटन व्यवसायी ग्याल्बु लामाका अनुसार पछिल्लो समय दैनिक ६० जनासम्म नेपाली पर्यटक आइरहेका थिए । जिल्लामा आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका छन् ।
जिल्लामा अहिले कोरोना सङ्क्रमितको संख्या १ सय ६ पुगेको छ । जसमा ४५ जना सक्रिय सङ्क्रमित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ ।