अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – प्रविधि कम्पनी माइक्रोसफ्टले कोरोना भाइरसको खोपबारे अनुसन्धान गरिरहेका कम्पनीहरूलाई रुस र उत्तर कोरियाका सरकार समर्थित ह्याकरहरूले निसानामा पारेकाे आरोप लगाएको छ ।
फ्यान्सी बियर नामको रुसी समूह तथा जिन्क र सेरियम नामका उत्तर कोरियाली समूहहरूले काेराेना खोप उत्पादन गरिरहेका कम्पनीहरूमाथि साइबर आक्रमण गरिरहेकाे माइक्रोसफ्टले बताएको बीबीसीले जनाएको छ ।
यसअघि बेलायतको राष्ट्रिय साइबर सुरक्षाका केन्द्रले पनि रुसी ह्याकरहरूले कोरोना भाइरसको खोप अनुसन्धानमा संलग्न संस्थाहरूलाई निसाना बनाइरहेको दाबी गरेको थियो ।
क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकामा रहेका औषधि उत्पादक कम्पनीको कम्प्युटर प्रणालीमाथि आक्रमणका प्रयासहरू भइरहेकाे माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले बताउनुभएको खबरमा उल्लेख छ ।
कम्पनीले शुक्रबार एक ब्लक पाेस्टमा पछिल्ला महिनामा भएका धेरै जसाे साइबर आक्रमण विफल रहेकाे जनाएकाे छ ।
माइक्रोसफ्टले विश्व नेताहरूलाई आग्रह गर्दै स्वास्थ्य सेवाका पूर्वाधारमा अन्तर्राष्ट्रिय कानुनको सुनिश्चितता गर्न र त्यसको कार्यान्वयनका लागि एउटा गतिलो कदम चाल्न आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।