दिल्लीमा मास्क नलगाउनेलाई २ हजार भारु जरिबाना

 मंसिर ४, २०७७ बिहीबार १८:१२:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतको दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड  पालनामा कडाइ गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मास्क नलगाउनेलाई अब दुई हजार भारु जरिबाना तिराइने बताएका छन् । यसअघि मास्क नलगाउनेलाई ५ सय भारु जरिबाना थियो । मुख्यमन्त्री केजरीवालले अनिवार्य मास्क लगाउन सरकारले गरेको आग्रह अटेर गर्नेलाई जरिबाना तिराइने बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस्तै केजरीवालले छठ पर्वमा एकै ठाउँमा भेला भएर पूजा गर्दा कोरोना भाइरसको सङ्क्रमण थप फैलने जोखिम भएको भन्दै त्यसो नगर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यदि तपाईँहरू एकसाथ पानीमा छठ पूजा गर्नुहुन्छ भने यसले उच्च मात्रामा नागरिकमा कोरोना फैलन सक्छ ।’

दिल्लीमा सङ्क्रमण बढेसँगै अस्पतालमा शय्या नपाउने समस्या बढ्दै गएको छ ।  दिल्लीमा अहिले झण्डै सात हजार शय्या उपलब्ध छ । यस बाहेक झण्डै साढे चार सय आईसीयू पनि उपलब्ध रहेको त्यहाँको सरकारले जनाएको छ ।

मुख्यमन्त्री केजरीवालले दिल्लीका निजी अस्पतालका ८० प्रतिशत आईसीयू अब कोरोनाका लागि छुट्याइने पनि बताएका छन् । यस्तै उनले बिरामीको उपचारमा खटिने डाक्टर तथा स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया