भारतीय विदेश सचिव शृंगलाले नेपालमा उच्चस्तरीय भेटघाट गर्ने

 मंसिर ८, २०७७ सोमबार १४:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही मङ्सिर ११ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले साेमबार एक विज्ञप्तिमार्फत भ्रमणका बेला शृंगलाले उच्च तहमा भेटघाट गर्ने जानकारी दिएको छ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश सचिव शृंगलासहितको टोली र नेपाली प्रतिनिधिमण्डबीच बहुपक्षीय विषयमा छलफल हुने पनि मन्त्रालयले जनाएको छ । 

मङ्सिर ११ गते द्विपक्षीय छलफल हुने र केही विषयमा सम्झौता पनि हुनेछ । ११ गते नै शृंगलाले उच्चस्तरीय भेटघाट गर्ने मन्त्रालयले जनाएको छ । भारतीय विदेश सचिव शृंगला १२ गते भारत फर्कने तालिका रहेको छ ।   

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया