रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा जान मुनलाइट इन्टरनेशनल प्रालिलाई रकम बुझाएका व्यक्तिलाई १५ दिनभित्र उजुरी दिन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।
प्रलिका सञ्चालक सम्पर्कमा नआएको र वैदेशिक रोजगार ऐन विपरित काम गरेको भन्दै प्रालिको सबै कारोबार रोक्का राखेको विभागले विदेश जान पैसा बुझाएका व्यक्तिलाई विभाग, आफ्नो नजिकको श्रम कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी दिन अनुरोध गरेको हो ।
यूरोप लगायतका देश पठाउने भन्दै विभागबाट स्वीकृति नै नलिई अन्तर्वार्ता लिइरहेको सूचनाको आधारमा गएको कात्तिक ४ गते विभागको टोली मुनलाइट इन्तरनेशनल प्रालिको आकश्मिक अनुगमनमा खटिएको थियो । तर विभागको टोली कार्यालय पुग्दा कार्यालय बन्द रहेको र सञ्चाललाई बारम्बार सम्पर्क गर्दा पनि अहिलेसम्म सञ्चालक विभागमा उपस्थित नभएपछि विभागले म्यानपावरको २ कोठामा सिलबन्दी गरेको छ ।
विभागले म्यानपावरको सबै कारोबार रोक्का राखेको छ भने अर्को सूचना नआउँदासम्म यो म्यानपावरबाट विदेश जान रकम र राहदानी नबुझाउन अनुरोधसमेत गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Parbati khadka
Nov. 25, 2020, 8:27 a.m.म बिभागमा उपस्थित भएको र सम्पुर्ण इमेल हरुको जवाफ दिरहेको ले यस्तो वाहियात खबर देखेर अचम्मित परेकी छु। मेरो कम्पनि दुरुपयोग गरि यस्तो मेरो बदनाम गर्न र गराउन खोज्ने हरु लाई भगवानले कहिले माफ गर्ने छैनन।