आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - हिजो छुटेका बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि आज खुवाइँदैछ ।
तर अहिलेको खोप कार्यक्रममा छुटेका बालबालिकालाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बालबालिकालाई अहिलेको खोप कार्यक्रममा छुटेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बालबालिकालाई अहिले भिटामिन ए र जुकाको औषधि नखुवाउन सरकारले आग्रह गरेपछि केही बालबालिका छुटेका छन् ।
त्यस्ता बालबालिकालाई सञ्चो भएपछि मात्रै पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण अहिले भिटामिन ए र जुकाको औषधि अलग्गै अभिभावकलाई दिएर आफ्ना बालबालिकालाई खुवाउनु भनिएको छ ।
खोपमा सहभागी स्वास्थ्यकर्मी, बालबालिका र अभिभावकलाई सावधानी अपनाउन र सचेत रहन स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख केदार पराजुलीले आग्रह गर्नुभएको छ । उहाँका अनुसार केन्द्रमा रहने स्वास्थ्यकर्मीलाई दूरी कायम गरेर, मास्क लगाएर सेवा दिन निर्देशन दिइएको छ । एउटा बुथमा १० जनाभन्दा धेरै जम्मा हुन नपाइने व्यवस्था छ । तर पनि केन्द्रहरुमा सुरक्षा सावधानीमा ध्यान नदिइएको पाइएको भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
अभिभावकले पनि केन्द्रमा पुगेर घरमा फर्कदासम्म मास्क लगाउने, सम्भव भएसम्म पटकपटक साबुनपानीले हात धुने, नभए स्यानिटाइजर प्रयोग गर्ने, जाँदा आउँदा बाटोमा तथा भिटामिन र जुकाको औषधि खुवाउने ठाउँमा पनि भीडभाड नगर्ने, दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड अपनाउन उहाँको आग्रह छ ।
सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । यसपटक कोरोना भाइरसको जोखिमका कारण खोप कार्यक्रम पछाडि धकेलिएको हो ।
परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भिमसिंहका अनुसार ६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्छ । कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै महिला स्वास्थ्य स्वयंसेविकाले नियमित लिँदै आएको ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप भने अहिलेलाई स्थगित गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।