आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ - ललितपुरको महालक्ष्मीस्थान चोकमा २ लाख ३५ हजार रुपैयाँ भेटिएको छ ।
चोकमा भेटिएको पैसासँगै चितवन गर्दी-२ का प्रमोद आचार्यको पनि नागरिकता भेटिएकाले सम्पर्क गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महालक्ष्मी स्थान चोक सडकमा वा ८७ प ७३५५ नं. को मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा चोकमा खटिएका ट्राफिक प्रहरी जवान रुपेश चौधरीलाई शंका लागेर हेर्दा २ लाख ३५ हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।
रकम र नागरिकता महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएकोले सम्बन्धित व्यक्तिले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्क गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।