आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै २९ अङ्कले बढेको छ । नेप्से २८ दशमलव ७९ अङ्कले बढेर १९ सय ९७ दशमलव शून्य ५ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केही बेरमै दुई हजार २७ विन्दुमा पुगेको नेप्से फेरि घटबढ हुँदै १९ सय ९७ विन्दुमा रोकिएको हो ।
पछिल्लो समय लगातार बढिरहेको बैंकिङ समूहको शेयर सोमबार भने ७ दशमलव ३ अङ्कले घटेको छ । साेमबार विकास बैंक र फाइनान्स समूहको शेयर पनि घटेको छ ।
साेमबार जीवन बीमा समूहको शेयर ८ सय २३ अङ्कले, निर्जीवन बीमा समूहको १ सय ९३ अङ्कले, व्यापार समूहको १ सय ५१ अङ्कले, जलविद्युतको ७९, उत्पादन समूहको ७३, अन्य समूहको ४० र माइक्रो–फाइनान्स समूहको शेयर ३७ अङ्कले बढेको छ ।
साेमबार एक सय ५८ कम्पनीका दुई करोड ५१ लाख ९१ हजार कित्ता शेयर आठ अर्ब ८६ करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ३८ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साेमबार युनाइटेड मोदी जलविद्युत्, माथिल्लो तामाकोशी जलविद्युत् लगायत नौ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीका शेयरधनीले १० प्रतिशतभन्दा धेरै गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।