नेकपाको सचिवालय बैठकमा ओलीको प्रस्तावमाथि प्रचण्डले बुँदागत रूपमा जवाफ दिने

 मंसिर १६, २०७७ मंगलबार ११:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् । विवाद समाधानका लागि अहिलेसम्म सहमति नभएको र औपचारिक तथा अनौपचारिक छलफल पनि नभएका कारण दुवै पक्षले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् ।

आजको बैठकमा अध्यक्ष ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि अर्का अध्यक्ष प्रचण्डले बुँदागत रूपमा जवाफ दिने तयारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । गएको १३ गतेको बैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिनु भएको थियो ।

आज त्यही प्रस्तावमाथि प्रचण्डले जवाफ दिन लाग्नु भएको हो । स्रोतका अनुसार प्रचण्डले ओलीको राजीनामा माग्ने सम्भावना पनि छ । नेकपा भित्र दुई अध्यक्षबीच आरोप प्रत्यारोप बढ्दै गर्दा आजको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ । नेताहरुका अनुसार दुई अध्यक्षको प्रतिवेदनलाई थाती राखेर संयुक्त प्रस्तावको लागि सहमति जुटाउने प्रयास पनि हुनेछ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया