युरोपेली देशमा २०२० काे अन्त्यअघि नै कोरोना विरुद्धको खोप उपलब्ध गराइने

 मंसिर १७, २०७७ बुधबार ६:१३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियनमा आबद्ध देशमा प्रयोग गर्न आवेदन दिएको छ । खोप प्रयोगमा युनियनले स्वीकृत गरेमा युरोपेली देशमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

दुवै कम्पनीका तर्फबाट निकालिएको विज्ञप्तिमा युरोपेली मेडिसिन एजेन्सी ईएमएमा औपचारिक निवेदन दिइएको उल्लेख छ । गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्ने गरी अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीए समक्ष निवेदन दिइसकेको छ ।

युरोपेली नियामक निकायले फाइजरले पेस गरेको विवरणको मूल्याङ्कन गरी खोप लगाउन उपयुक्त रहे/नरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ । फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापान लगायतका देशका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया