नेपालमा सामसङ ‘एस–२५ सिरिज’ को ‘प्रि–बुकिङ’ खुल्यो
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको कुटाइबाट आफूलाई पीडा बढेको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले हिजो भन्दा आज दुखाइ बढेको भन्दै गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नमिलेको बताउनु भएको छ ।
पौडेलले लेख्नु भएको छ : ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो रु मेरो चिन्ता यसैमा छ ।’
बुधबार तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले बल प्रयोग गरी पक्रेको थियो । पक्राउ परेको ३ घण्टापछि प्रहरीले उहाँलाई छोडेको थियो। पुल उद्घाटनका विषयमा कांग्रेस र नेकपा निकट राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो ।
नेकपा पक्षको चर्को विरोध र प्रशासनको निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुग्नेका नेता पौडेललाई उहाँकै सुरक्षाको लागि पक्राउ गरिएको प्रहरीले जनाएको थियो । पौडेलले प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजेको आरोप लगाउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।