प्रधानमन्त्री ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने

 मंसिर १८, २०७७ बिहीबार १३:४०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्नुहुने भएको छ ।

डिसेम्बर ३ र ४ तारिख अर्थात आज र भोलि हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकल अनुसार प्रधानमन्त्री अ‍ोलीको अडियो र भिडियो रेकर्ड गरेर पठाइसकिएको जानकारी दिनुभयो ।

महासभामा नेपालको समय आएपछि ओलीले सम्बोधन गर्नु हुने लम्सालले बताउनुभयो । प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमा नेपालमा कोभिड-१९ को महामारी र यसले पारेको प्रभावबारे सम्बोधन गर्ने उल्लेख छ ।

महासभामा अनुभव आदानप्रदानसहित कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, कोरोना विरुद्धको खोप लगायतका विषयमा छलफल हुनेछ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया