इरानमा युरेनियमको उत्पादन बढाउने कानुन पारित

 मंसिर १८, २०७७ बिहीबार १५:५२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इरानको संसद्ले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्र सङ्घीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउनेसम्बन्धी कानुन पारित गरेको छ ।

नयाँ कानुन पारित गरेसँगै इरानलाई युरेनियमको उत्पादन थप विस्तार गर्ने बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कानुनअनुसार अबको दुई महिनाभित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म विस्तार गर्न सकिने बीबीसीले जनाएको छ ।

सन् २०१५ मा भएको सम्झौता अनुसार इरानको युरेनियम क्षमता ३ दशमलव ६७ प्रतिशतमा सीमित हुनु पर्ने थियो । इरानका राष्ट्रपति हसन रुहानीले आफू यो कानुनको विपक्षमा रहेको बताउनु भएको छ । यो कानुनले कूटनीतिका लागि हानिकारक हुने उहाँको भनाइ छ ।

आफ्ना वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्यापछि इरानको संसदले नयाँ कानुन ल्याएको हो । इरानले परमाणु वैज्ञानिकको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाउँदै आए पनि इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर परमाणु कार्यक्रमकै कारण इरानले पश्चिमी देशको कडा खाले प्रतिबन्धको सामना गरिरहेको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया