आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ ।
बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसको लागि हिजो र आज अर्थ मन्त्रालयमा मन्त्री र सचिवस्तरीय बैठक बसेको थियो ।
मन्त्रालयले कागजात पुगेका दाबीलाई तीन दिनभित्र भुक्तानी दिन, यसको दैनिक विवरण मन्त्रालयमा पठाउन, कुन बीमा कम्पनीमा कति दाबी परे, कतिको भुक्तानी भयो र के समस्या छन् भन्ने जानकारी पनि नियमित रूपमा मन्त्रालयलाई दिन बीमा समितिलाई निर्देशन दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।