रुसमा १ लाखभन्दा धेरै नागरिकलाई कोरोना विरुद्धको खोप दिइयो

 मंसिर १९, २०७७ शुक्रबार ६:४१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुसमा एक लाखभन्दा धेरै नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

रुसले गएको अगष्ट महिनामा नै कोभिड-१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गएको अगष्ट ११ मा नै रुसले खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड–१९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिङ्क पनि संयुक्त राष्ट्रसङ्घलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन् । गएको महिना मात्र खोपको प्रभावकारिताको बारेमा अनुसन्धान गरिएको थियो । रुसमा २३ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भैसकेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया