कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - यो हप्ता सुनको भाउ २२ सय रुपैयाँले बढेको छ ।
हप्ताको पहिलो दिन आइतबार तोलाको ९० हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज हप्ताको अन्तिम ९२ हजार ९ सय रुपैयाँमा पुगेको छ ।
आजको यो भाउ हिजोभन्दा तीन सय रुपैयाँले बढी हो । गएको आइतबार तोलामा ९० हजार सात सय रुपैयाँ रहेको सुनको भाउ सोमबार ९० हजार रुपैयाँमा झरेको थियो ।
मंगलबार फेरि ५ सय रुपैयाँले बढेर भाउ ९० हजार ५ सय रुपैयाँ पुगेको थियो भने बुधबार फेरि ५ सय रुपैयाँले नै बढेर ९१ हजार रुपैयाँ पुगेको थियो । हिजो बिहीबार एकैदिन १६ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै यो हप्ता चाँदी पनि तोलामा ६० रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय १० रुपैयाँमा पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।