कमलबजार–साँइखोला ३३ केभी प्रसारण लाइनको काम शुरू
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाको नेपाल भ्रमणले भारतसँगको संवादहीनताको अवस्थालाई अन्त्य गरेको बताउनुभएको छ ।
सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँगको औपचारिक संवादको ढोका खुलेको बताउनुभएको हो । विदेश सचिवको नेपाल भ्रमणमा सीमासम्बन्धी समस्यालाई औपचारिक एजेण्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तिमा समेत उल्लेख गरिएको बताउनुभयो ।
नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यसलाई औपचारिक रूपमा नै एजेण्डा बनाएर राखिएको परराष्ट्रमन्त्रीले प्रष्ट पार्नुभयो । यसबाट नेपाल र भारतबीच रहेका सीमा विवादलगायतका सबै विषयमा छलफल हुने बाटो खुला भएको पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।
व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुला भएको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताउनुभयो । यस्तै सीमासम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिवस्तरीय बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।
दुवै देशका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक गर्ने तयारी भएको पनि मन्त्री ज्ञवालीले बताउनुभयो । नेपाल–भारत सम्बन्धमा देखिएको समस्यालाई वार्ताबाट समाधान गर्ने र सुदृढ बनाएर जाने दिशामा अगाडि बढिसकिएको पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।
दुई दिने नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव शृङ्गला गएकाे शुक्रबार साँझ स्वदेश फिर्ता हुनुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।