आन्दाेलन थालेकाे ४६ औँ दिनमा वीर अस्पतालका कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच सहमति

 मंसिर १९, २०७७ शुक्रबार १७:२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वीर अस्पतालका आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच सहमति भएको छ । आन्दोलन थालेको ४६ औँ दिनमा भएको वार्तामा आन्दोलनरत कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुँदे सहमति भएको हो ।

कोरोना भत्ता वितरणमा देखिएका केही त्रुटि सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधि रहने गरी समिति बनाइ समानुपातिक वितरणका आधारमा सुधार गरी वितरणको व्यवस्था गर्ने सहमति भएको छ ।

कोरोना बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गर्ने, कर्मचारीहरूले पाउने आर्थिक वर्ष २०७६/०७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने, सेवा विस्तार भत्ता आगामी ६ हप्ताभित्र दुई महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति भएको छ ।

सहमति भएसँगै आन्दोलनरत कर्मचारीहरूले शुक्रबारदेखि नै विरोधका सबै कार्यक्रम स्थगित गरेका छन् । आन्दोलनरत कर्मचारीले ६ हप्ताभित्रमा सहमति कार्यान्वयन नभएका फेरि आन्दोलन गर्ने बताएका छन् । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया