युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परिरहेको प्रभावका कारण अमेरिकी रोजगारी दरमा अपेक्षाकृत सुधार आउन नसकेको अमेरिकाको श्रम मन्त्रालयले जनाएको छ ।
अपेक्षा गरेकोभन्दा श्रम बजार सुधार दर सुस्त देखिएको तर यसलाई महामारी नियन्त्रणमा आएसँगै सहजै सुधार गर्न सकिने प्रशस्त आधारहरू रहेका विश्लेषकहरूले बताएका छन् । नोभेम्बरमा बेरोजगारी दर अघिल्लो महिनाभन्दा झण्डै ०.२ प्रतिशतले कमी आएको हो ।
अक्टोबरमा ६.९ प्रतिशत कायम भएको बेरोजगारी दर नोभेम्बरमा घटेर ६.७ पुगेको अमेरिकी श्रम बजार विश्लेषकहरूले बताएका छन् । महामारीको प्रभावसँगै ठूलो सङ्ख्या अर्थात् एक करोड ७० लाख श्रमिकले बेरोजगार बनेका थिए ।
अमेरिकामा नोभेम्बरमा लामो समय अर्थात् २७ हप्ताभन्दा बढी बेरोजगार हुनेको सङ्ख्यामा तीन लाख ८५ हजारले वृद्धि भएर कुल ३९ लाखभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।