आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ - अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बद्ली भएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौलगायत बाँकी ठाउँको मौसम भने सफा नै रहने मौसमविदले बताएका छन् । अहिले भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यूनचापीय प्रणाली बनेकाले देशका पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो। यस्तै आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बद्ली रहेर बाँकी स्थानहरुमा आंशिक बद्ली रहनेछ ।
महाशाखाका अनुसार आज राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बद्ली रहने छ । यसैबीच, देशका धेरै ठाउँको वायुको तापक्रम घट्ने र तराई भू-भागमा बिहान वायुको पारदर्शितामा कमी आउने मौसमविद् विभूति पोखरेलले बताउनुभएको छ ।
सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ । आज बिहान न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । आजको अधिकतम तापक्रम भने १९ देखि २१ डिग्री सेल्सियससम्म हुने मौसमविद् पोखरेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।