इटलीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाकाे घोषणा : नयाँ वर्ष र क्रिसमसमा लागू हुने

 मंसिर २०, २०७७ शनिबार ९:२४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इटलीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरिएको छ । 

प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ वर्षसहित महत्त्वपूर्ण चाडपर्व आएकाले महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिनुभयो । 

नयाँ वर्ष तथा क्रिसमस बिदामा लापरबाही बढेमा महामारी झन् फैलिन सक्ने प्रधानमन्त्री कोन्टेले बताउनुभयो । नयाँ व्यवस्थाअनुसार भीडभाड, चहलपहल तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा मात्रै सीमित गरिनेछ । 

एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइनेछ । प्रतिबन्ध कार्यान्वयनका लागि सुरक्षाकर्मीहरु परिचालन गरिने खबरमा उल्लेख छ ।

नयाँ प्रतिबन्धात्मक व्यवस्था डिसेम्बर २१ अर्थात् पुस ६ देखि जनवरी ६ अर्थात् पुस २२ सम्म लागू हुनेछ । इटली कोरोना महामारी धेरै रहेको देशको आठौं स्थानमा छ । 

पछिल्लो तथ्याङ्कअनुसार त्यहाँ १६ लाख ८८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ८ सय ५२ जनाको ज्यान गएको छ । ८ लाख ७२ हजार भने निको भएका छन् ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया