आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
खोटाङ - खोटाङमा घर-घरबाट निस्कने फोहोरबाट मल उत्पादनको तयारी भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजारका घरबाट निस्कने फोहोरमैलालाई वर्गीकरण गरी मल बनाउने तयारी गरेको हो । दिक्तेल बजारका घरबाट निस्कने कुहिने फोहोरमैलालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल प्लाष्टमा लगेर मल बनाउन लागिएको हो ।
घरबाट निस्कने सागसब्जी, घाँसपात, फलफूल, खानेकुरा, कसिङ्गर जस्ता कुहिने फोहोरमैलालाई अलग-अलग राख्ने तथा हरेक आइतबार र बिहीबार ढुवानी गरेर कम्पोष्ट मल प्लान्टमा लैजाने व्यवस्थाको तयारी पूरा भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालले बताउनुभयो ।
सोल्मामा कम्पोष्ट मल प्लाष्ट निर्माण सम्पन्न भएको केही समयपछि नगरपालिकाले फोहोरमैलालाई स्रोतबाटै वर्गीकरण गर्ने र कुहिने खालका फोहोरलाई कम्पोष्ट मल प्लाष्टमा लैजाने व्यवस्था गरेको हो । घरबाट सकेसम्म फोहोरमैला कम निकाल्ने र निस्किएका फोहोरलाई कुहिने, नकुहिने र शिशाजन्य फोहोरमा वर्गीकरण गरेर घरैमा राख्ने, बजारबाट निस्केको दिशाजन्य फोहोरलाई सोल्माकै बायोग्यास प्लान्टमा लैजाने निर्णय गरिएको मेयर रिजालले बताउनुभयो ।
यस्तै, बजारमा राखिएका डस्टबिनमा पैदलयात्रीबाट निस्केको फोहोर मात्र राख्ने, टोल विकास समितिले फोहोरमैला तथा सरसफाइ व्यवस्थापनसम्बन्धी जनचेतना जगाउने, सबैले सरसफाइ तथा फोहोरमैला व्यवस्थापनलाई एजेन्डाकै रूपमा प्रस्तुत गर्नेलगायतका निर्णय भएको नगरपालिकाले जनाएको छ । दिक्तेल बजारका नकुहिने फोहोरमैलालाई भने नगरपालिकाले संकलन गरेर डम्पिङसाइटमा लगेर थन्काउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।