चीन : कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गयो

 मंसिर २०, २०७७ शनिबार ११:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।

खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको खबरमा उल्लेख छ ।

चुङ्चिङमा रहेकाे कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन सुरु भइसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो ।

गएकाे सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेकाे अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया