ओली–प्रचण्ड भेटवार्तापछि शुरु भयाे नेकपाको सचिवालय बैठक

 मंसिर २०, २०७७ शनिबार १३:४२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाैै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचिवालय सदस्यहरुको सहभागितामा सचिवालय बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ । बैठक शुरु हुनु अघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता पनि भएको थियो । २५ दिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षले भेटवार्ता गरेका हुन् ।

गएकाे कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारमा रहेको आफ्नो निवासमा वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया