अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
रामेछाप – रामेछापको मन्थली नगरपालिका ९ पुराना गाउँको बाहुनचुरामा प्याराग्लाइडिङ उडान सफल भएको छ । बाहुनचुरामा रहेको थानापति महादेव क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सम्भाव्यता अध्ययनका लागि पहिलो पटक गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल भएको हो ।
मन्दिर नजिकै १७ सय मिटरको उचाइ रहेको डाँडाबाट मन्थली नगरपालिकाले प्याराग्लाइडिङको परीक्षण उडान गरेको हो । आफ्नो बस्तीमाथिको डाँडामा प्याराग्लाइडिङमार्फत चिलजस्तै मान्छे उडेको देख्न पाएको मन्थली नगरपालिका ९ का हस्तलाल तामाङले बताउनुभयो । प्याराग्लाडिङबाट पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने नगरपालिकाले जनाएको छ ।
नेपालको तेस्राे पशुपतिनाथको रुपमा परिचित थानापति महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्य अनुरूप पूर्वाधार निर्माणको काम भइरहेको र प्याराग्लाइडिङ उडान सफल भएपछि पर्यटन प्रवर्द्धनमा थप हौसला मिलेको मन्थली नगरपालिका ९ पुरानागाउँका वडाध्यक्ष भरतबहादुर पुलामीले बताउनुभयो ।
अहिले मन्दिरमा आउने भक्तजनहरूलाई हिँड्न सहज होस् भनेर सिँढी र रेलिङ हाल्ने काम भइरहेको छ । मन्दिरसम्म आउन–जान सहजताको लागि मोटरबाटो निमार्ण भएको छ । प्याराग्लाइडिङलाई व्यावसायिक रूपमा सञ्चालन गर्न भूगोल मिलेकाले धेरै उडान गर्न सकिने प्याराग्लाइडिङ पाइलट लक्ष्मण रत्न शाक्यले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।