१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य जनार्दन शर्माले गणतन्त्र विरोधी प्रदर्शनमा सरकार नरम बनेको भन्दै विशेष प्रस्ताव पेस गर्नुभएको छ ।
आइतबार बसेको स्थायी कमिटीको बैठकमा शर्माले खुलेआम रूपमा गणतन्त्र विरोधीहरूको प्रदर्शन भइरहेका र यसलाई गृह प्रशासनले नरम व्यवहार गरेको आरोपसहितको विशेष प्रस्ताव पेस गर्नुभएको हो ।
नागरिकका समस्या समाधान गरेर गणतन्त्र विरोधीविरुद्ध कडा रूपमा सरकार प्रस्तुत हुनुपर्ने शर्माको भनाइ छ ।
लोकतन्त्रको लागि लडेकाहरूलाई सरकारले दमन गर्ने र गणतन्त्र विरोधीलाई नरम व्यवहार गरेको जनगुनासो सम्बोधन हुनुपर्ने शर्माको प्रस्तावमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।