आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा अहिले हुस्सु लागेको छ ।
बिस्तारै हुस्सु हटेर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर दिउँसोपछि भने आंशिकदेखि सामान्य बद्ली हुने अनुमान गरिएको छ । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण आज बेलुका वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यी प्रदेशका केही ठाउँमा सामान्य वर्षाको पनि सम्भावना छ । आज राति पनि प्रदेश नम्बर १ तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने छ । यस्तै, प्रदेश नम्बर २ र लुम्बिनी प्रदेशमा आंशिक बद्ली रहनेछ भने बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूवार्नुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।