भारतको आन्ध्र प्रदेशमा पहिचान नखुलेको रोगका कारण तीन सय जना बिरामी, १४० जना अस्पताल भर्ना

 मंसिर २२, २०७७ सोमबार १०:२०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको आन्ध्र प्रदेशमा पहिचान नखुलेको रोगका कारण बिरामी पर्नेको संख्या बढ्दै गएको छ । 

एक हप्तामा त्यहाँ पहिचान नखुलेको रोगका कारण १४० जना अस्पतालमा भर्ना भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म पहिचान नखुलेको रोगका कारण झण्डै ३ सय जना बिरामी परेका छन् ।

बिरामी हुनेमा ४ वर्षका बालबालिका पनि रहेका छन् । यस्ता बिरामीलाई अचानक आँखा पोल्ने र उल्टी हुने जस्ता लक्षण देखिएको एलरु सरकारी अस्पतालका एक जना डाक्टरलाई उदृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ । अहिलेसम्म अस्पताल भर्ना भएका एक सय २५  जना डिस्चार्ज भएका र अन्यको उपचार भइरहेको खबरमा उल्लेख छ ।

आन्ध्र प्रदेशको गोदावरी जिल्लाका नागरिकमा स्वास्थ्य समस्या देखिएको हो । दूषित खानेपानी र प्रदूषित वातावरणका कारण पनि स्वास्थ्यमा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ । तर,आन्ध्र प्रदेशका स्वास्थ्यमन्त्री अल्ला काली कृष्ण श्री निवासले बिरामीको रगतको नमुना संकलन गरी परीक्षण गर्दा त्यस्तो केही समस्या नपाएको बताउनु भएको छ । 

उहाँले खानेपानीको नमुना परीक्षणमा कुनै खराबी नपाएको तथा बिरामीको रगतमा पनि कुनै भाइरस नभेटिएको बताउनु भएको हो । सबै बिरामीको कोरोना परीक्षण पनि नेगेटिभ आएकाले रोगको विषयमा अन्यौलता बढेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया