आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - अभिनेत्री श्वेता खड्काको सोमबार विवाह हुँदैछ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तयारी र मेहन्दीको फोटो सार्वजनिक गरेकी छिन् । धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी उनले आफू विगतलाई भुलेर फेरि मुस्कुराउन लागेको बताएकी छिन् ।
फेसबुकमा उनले लेखेकी छिन् : ‘मेहन्दीको रङहरूसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ उनको विवाहमा शुभचिन्तक र दर्शकले शुभकामना दिएका छन् ।
उनीहरुले अभिनेता श्री कृष्ण श्रेष्ठलाई सम्झँदै श्वेतालाई शुभकामना तथा बधाई दिएका छन् । श्वेता र श्री कृष्णको विवाह भएको एक महिनापछि श्री कृष्णको निधन भएको थियो । २०७० सालमा उनीहरुको विवाह भएको थियो ।
श्वेताको दोस्रो विवाहलाई कलाकारले एउटा उदाहरणको रुपमा लिएका छन् । नेपाली समाजमा महिलाले दोस्रो विवाह गर्न हुन्न भन्ने गलत मान्यतालाई श्वेताको विवाहले हटाउन सहयोग मिल्ने उनीहरुको भनाइ छ।
श्वेताले कहाँ भेटिएला ... चलचित्रबाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।