प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान, ‘राजावादीको सक्रियता मुख्य एजेण्डा’

 मंसिर २२, २०७७ सोमबार १३:३६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

समसामयिक राजनीतिक अवस्था, कोरोना रोकथामको लागि आगामी कदम र अन्य राष्ट्रिय राजनीतिसँग जोडिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मङ्गलबार (भोलि) बिहान ११ गते सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।

पछिल्लो समय देशभरि भइरहेको राजावादीको प्रदर्शनका विषयमा बढी केन्द्रित भएर प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।

सरकारले गरेका विभिन्न निर्णय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपासहित प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि असन्तुष्टि जनाउँदै आएका छन् । बैठकमा प्रधानमन्त्रीले प्रतिपक्षी दलको असन्तुष्टिलाई पनि सम्बोधन गर्ने तयारी छ ।

भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने विषयमा गएको वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्नुभएको थियो, त्यसयता सर्वदलीय बैठक बसेको छैन ।  

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया