त्रिविका कक्षा र परीक्षा बहिष्कार गर्ने आंशिक प्राध्यापकको घोषणा

 मंसिर २३, २०७७ मंगलबार १९:४४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले विश्वविद्यालयको कक्षा र परीक्षा बहिष्कार गर्ने भएका छन् । स्थायी प्राध्यापकहरू सरह ज्याला पाउनुपर्ने माग गर्दै उनीहरुले कक्षा बहिष्कार गर्ने र परीक्षामा सहभागी नहुने बताएका हुन् ।

त्रिवि आंशिक प्राध्यापक सङ्घ केन्द्रीय कमिटीले सहअध्यक्ष राजन ढुंगानाले अब देशभरका आंशिक प्राध्यापकले उपकुलपति कार्यालयमा केन्द्रित भएर आन्दोलन गर्ने पनि चेतावनी दिनुभयो ।

समान काम गर्ने विश्वविद्यालयका अन्य प्राध्यापक सरहका सेवा सुविधा पाउनुपर्ने, प्राज्ञिक उन्नयनको अवसर पाउनुपर्ने, पेसागत स्थायित्व हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका आंशिक प्राध्यापकले शिक्षण सहायक सरह सेवा सुविधा पाउनुपर्ने त्रिविका आंशिक प्राध्यापकको माग रहेको छ ।  

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया