बैंक अफ काठमाण्डूकाे ऋणपत्र आजदेखि, सानिमा बैंकको पुस १ देखि

 मंसिर २४, २०७७ बुधबार ९:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  बैंक अफ काठमाण्डूले बुधबारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ६ लाख ४० हजार सर्वसाधारणको लागि सार्वजनिक निष्कासन मार्फत र बाँकी रहेको ९ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विभिन्न संघ सस्थाहरुलाई बिक्री गर्नेछ । यो ऋणपत्र छिटोमा मंसिर २८ र ढिलोमा पुस ८ गतेसम्म बिक्रीमा रहनेछ ।

खरिद गर्न चाहनेले न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न मिल्ने बैंकले जानकारी गराएको छ । १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन तथा बिक्री हुन लागेको हो । बिक्री प्रबन्धकका साथै आवेदकले सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्ने बैंकले जनाएको छ।

यस्तै सानिमा बैंकलले पुुस १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरमा ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले १६ लाख सर्वसाधारणको लागि र बाँकी रहेको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा पुस ५ र ढिलोमा पुस १५ गतेसम्म रहेको छ ।

न्यूनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि आवेदन गर्न मिल्ने कम्पनीले बताएकोे छ । कम्पनीले निष्कासन गर्ने ऋणपत्र १० वर्षसम्मको लागि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको उल्लेख गरेको छ । निष्कासन तथा विक्री प्रबन्धकमा एनआइसि एसिया क्यापिटल बैंकिङ रहेको छ साथै आवेदकले सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया