एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासङ्घभित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताउनुभएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।
महासङ्घभित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने उहाँकाे भनाइ छ । देशमा रेमिट्यान्स भित्र्याइ अर्थतन्त्रलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफूले महासङ्घबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताउनुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक व्यवसायीका समस्या समाधान गर्न आफू विगतदेखि नै लागि परेको बताउनुभयो । देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरूका समस्या समाधान गर्ने विषयमा सधैँ पक्षमा रहेर वकालत गरेको पनि ढकालले बताउनुभयो । अब पनि महासङ्घमा बसेर वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने उहाँकाे भनाइ छ ।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरूले आफूहरूमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका छन् । त्यसमा महासङ्घको साथ आवश्यक रहेको पनि व्यवसायीहरूले बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।